बेन्जिमा चम्कदा रियल मड्रिडको सहज जित

स्पेनिस ला लिगामा आज बिहान सम्पन्न खेलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ । रियलले घरेलु टोली मालोर्कामाथि ३–० को सहज जित हात पारेको हो ।

भिजिट मालोर्का स्टेडियममा भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जिमाले २ तथा भिनिसियस जुनियरले १ गोल गरे । खेलको ५५ औं मिनेटमा भिनिसियसले करिम बेन्जिमाको पासलाई सदुपयोग गर्दै रियललाई अग्रता दिलाएका थिए ।

७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ८५ औं मिनेटमा बेन्जिमाले व्यत्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ३–० को सहज जित दिलाए ।

उनले मार्सेलोको पासलाई पोस्टको दिशा दिएका थिए । यो जितसँगै शीर्ष स्थानमा कायम रियलले २८ खेलमा ६६ अंक जोड्दा पराजित मालोर्का समान खेलबाट २६ अंकका साथ १६ औं स्थानमा छ । 






  • प्रकाशित मिति : चैत १, २०७८ मंगलबार ६:५५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया