logo-img

सर्वोच्चले गर्यो मप विश्वविद्यालय रजिस्ट्रार मल्लको पुनर्बहाली

काठमाडौं– सर्वोच्च अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार डा. महेन्द्र मल्ललाई पुनर्बहाली गर्न आदेश दिएको छ । नियमविपरीत आफूलाई हटाइएको भन्दै मल्लले दायर गरेकाे रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले मल्ललाई पुनर्बहाली गर्न आदेश दिएको हो ।

विश्वविद्यालयकोे ऐन नियमविपरीत आफूलाई हटाइएको भन्दै मल्लले मंसिर २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा विश्वविद्यालयको केन्द्रीय कार्यालयले रजिष्ट्रार मल्ललाई हटाउँदै उनको ठाउँमा शिक्षा संकायका डिन यमबहादुर कार्कीलाई नियुक्त गरेको आरोप लागेको थियो । कार्की नेकपा निकट मानिन्छन् ।

मल्ललाई विनाकारण निलम्बन गरिएको भन्दै यसअघि आपत्ति जनाएको प्रजातन्त्रवादी प्राध्यापक संघले सर्वोच्चको आदेशको स्वागत गरेकोे छ । संघका सचिव डा. विष्णु पोखरेलले सर्वोच्चको आदेशले मुलुकमा कानुनी शासनको अनुभूति भएको बताए । संघले यसअघि मल्ललाई प्रधानमन्त्रीको ठाडो आदेशमा विना कुनै कारण हटाएको भन्दै चर्को आन्दोलन गर्ने चेतावनीसमेत दिएको थियो ।







  • प्रकाशित मिति : पुस ३, २०७५ मंगलबार १८:३१:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया