आजको माैसम : चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
फरकधार / २ चैत, २०७८

आज पनि देशका केही भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश-१, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हतिर मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो ।  



राति देशका पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । बिहीबार देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल बंगलादेश तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ ।   





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार ७:१०:३७,   अन्तिम अपडेट : चैत २, २०७८ बुधबार ७:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया