रुसी हमलामा परी फक्स न्युजका दुई पत्रकारकाे निधन
फाइल फाेटाे

रुसी हमलामा अमेरिकी सञ्चारमाध्यम फक्स न्युज नेटवर्कका दुई पत्रकारको निधन भएको छ भने अर्का एक जना घाइते भएका छन् । 

राजधानी किभ नजिकै भएको रुसी सेनाको गोलाबारीमा उनीहरूको निधन भएको फक्स न्युज च्यानलले जनाएको छ । 

मारिनेमा ५५ वर्षीय पियरे जाक्रेजिवस्की र २४ वर्षीया ओलेकसान्द्रा सशा कुभश्यानोभा रहेका छन् । युक्रेनी नागरिक कुभश्यानोभा फक्स न्युजका लागि सल्लाहकारका रूपमा काम गर्थिन् । 

हमलामा फक्स न्युजकै संवाददाता बेन्जामिन हल घाइते भएका छन् । गम्भीर घाइते हलको उपचार भइरहेको छ । 

मारिनेमध्ये पियरे लामो समयदेखिका द्वन्द्व पत्रकार हुन् । उनले इराक युद्धदेखि अफगानिस्तान हुँदै सिरियासम्मको युद्धको समाचार समेटेका थिए । 





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार ११:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया