स्पोर्ट्स अवार्डलाई नबिल बैंककाे साथ

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडसँग सह-प्रायोजन सम्झौता गरेको छ ।

सह-प्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र नबिल बैंकका प्रमुख मनोहर कँडेलले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे । 

सह-प्रायोजन वापत नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले अवार्डलाई लगानी व्यवस्थापक पार्टनरको रूपमा आर्थिक सहयोग गर्नेछ ।

१८ औं संस्करणको पल्सर अवार्ड आउँदो चैत ८ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । 

अवार्डलाई यसपटक पनि बजाज पल्सर बाइकले मुख्य प्रायोजकका रूपमा साथ दिने भएको छ ।

यसपटक अवार्ड ‘दशक अवार्ड’का रूपमा वितरण हुनेछ । यसमा एक दशकमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मानित गरिनेछ । यसअघि ९ विधामा अवार्ड प्रदान गरिँदै आएकोमा यसपल्ट युवा विधालाई हटाइएको छ ।



अवार्ड कार्यक्रममा पिपल्स च्वाइस, सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक खेलाडी महिला, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड प्रदान गरिनेछ ।

पिपल्स च्वाइस अवार्डका लागि मनोनयन सार्वजनिक भइसकेको छ भने अन्य विधाका विजेता कार्यक्रमकै दिन घोषणा हुनेछन् । 



  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १५:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया