logo-img

थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको तयारी

एएफसी एसियन कप छनोट तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले यही चैतमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । 

थाइल्याण्डको राष्ट्रिय र एक शीर्ष क्लबसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली यति बेला बन्द प्रशिक्षणमा रहेर अभ्यासलाई तीव्रता दिइरहेको छ । 

केही अनुभवी राष्ट्रिय खेलाडीबिना तयारी गरिहेको नेपालले अभ्यासलाई तीव्रता दिइरहँदा टोली सुखद नतिजाको लक्ष्यमा हुनेछ ।



अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय फुटबल टोलीको अनुभव अभिवृद्धिका थाइल्याण्ड भ्रमण गर्दैछ । चैत १० र चैत १३ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीले अभ्यासलाई तीव्रता दिइरहेको छ । 

मुख्य प्रशिक्षका अब्दुल्लाह अलमुताइरीले थाइल्याण्डसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि यसअघि २५ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका थिए । 

सोही अनुसार खेलाडीले बन्द प्रशिक्षणमा रहेर अभ्यास गर्दा तीन खेलाडी किरण चेम्जोङ, रोहित चन्द र जगजित श्रेष्ठ भने उपस्थित थिएनन् । 



वैदेशिक क्लबहरूको अनुबन्धमा रहेकाले उनीहरू उपस्थित हुन नसकेका हुन् । तर अन्तर्राष्ट्रिय भ्रमणमा उनीहरू समावेश हुनेछन् ।   

एएफसी कप छनोटको तयारी गरिरहेका कारण मच्छिन्द्रका खेलाडीलाई भने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक अलमुताइरीले बोलाएका छैनन् । 



मच्छिन्द्रले एएफसी कप छनोटमा श्रीलंकाको ब्लु स्टारविरुद्ध अप्रिल ५ मा प्रतिस्पर्धा गर्दैछ । ब्लु स्टारविरुद्धको खेलमा मच्छिन्द्रले सुखद नतिजा निकाले मच्छिन्द्रले अप्रिल १२ मा भारतको मोहन बगानविरुद्ध खेल्ने तालिका छ । 

समूह चरणमा स्थान बनाउन मच्छिन्द्रलाई मोहन बगानविरुद्धको खेल पनि जित्नुपर्ने हुन्छ । 

सहिद स्मारक ए डिभिजन लिगको सातौं चरण सकिँदा अंक तालिकाको शीर्ष स्थानमा रहे पछि मच्छिन्द्रले एएफसी कप छनोटका लागि स्थान पक्का गरेको हो । 

यसैबीच बन्द प्रशिक्षणमा रहेका राष्ट्रिय फुटबल खेलाडीले बिहीबार आपसमा रंङ साटेर होली मनाए ।  

नेपाली टोलीले आगामी चैत १० गते थाइल्याण्डको राष्ट्रिय टोली र चैत १३ गते चोनबुरी एफसीसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । 

दुवै खेल चोनबुरीको मैदानमा हुँदैछन् । नेपालले एएफसी एसियन कप छनोटको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १२:२६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया