logo-img

पत्रकारले कुनै पार्टीको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न नपाउने

निर्वाचन आयोगले जारी गरेको आचारसंहिताले पत्रकारलाई कुनै पार्टीको पक्ष वा विपक्षमा सामाजिक सञ्जालमा लेख्न रोक लगाएको छ। आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा सो कुरा उल्लेख छ । 

आचारसंहितको परिच्छेद ७ मा पत्रकारले कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, ट्विटर, भाइबर, युट्युब, इन्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सामाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने व्यवस्था गरेको छ।

साथै, कुनै राजनीतिक दल, नेता वा उम्मेदवारको दान, उपहार, सहयोग पत्रकारले लिन नहुने तथा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन–प्रसारण गर्न पनि रोक लगाएको छ।



राजनीतिक दल वा उम्मेदवारले रेडियो र टेलिभिजन र पत्रपत्रिकामा निश्चित समय र स्थान तोकेर आफ्नो विज्ञापन गर्न पाउनेछन् । तर, अनलाइन वेबपेजमा भने विज्ञापन गर्न नपाइने आचारसंहितामा उल्लेख छ।





  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १८:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया