स्थानीय निर्वाचन : उम्मेदवारको पेस्की र असुलउपर गर्नुपर्ने बेरुजु फर्छ्योट हुनुपर्ने
फाइल तस्बिर

स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फर्छ्योट हुनुपर्ने भएको छ । 

निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेदवारको असुलउपर गर्नुपर्ने भए सो पनि फर्छ्योट भएको हुनुपर्ने बताएका हुन् । 

'आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्ने हालका स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भएको भए फर्छ्योट भएको हुनुपर्छ', उनले भने

स्थानीय तहका बेरुजु भए पनि उम्मेदवार हुने व्यक्तिको पेस्की बेरुजु र असुलउपर हुनुपर्ने बेरुजु फछ्र्योट भएको हुनुपर्ने उनको भनाइ छ ।

आयोगबाट स्वीकृत भएको निर्वाचन आचारसंहिता, २०७८ आज राजपत्रमा प्रकाशित भएको छ । प्रवक्ता शर्माले आयोगले तोकेको मितिदेखि उक्त आचारसंहिता लागू हुने बताए ।

आचारसंहिता पालनाको अनुगमनका लागि विभिन्न संयन्त्र बनाइएको उनको भनाइ छ । उनले आचारसंहिताको उल्लंघन गर्ने उम्मेदवारलाई निर्वाचन ऐनअनुसार कारबाही हुने बताए ।



'उम्मेदवारलाई आचारसंहिताको पूर्ण पालना गर्न आयोगले निर्देशन दिन सक्छ, आयोगको निर्देशन पालना नगरे रु एक लाखसम्म जरिवाना हुनसक्छ', प्रवक्ता शर्माले भने, 

निर्वाचनलाई स्वच्छ, मर्यादित र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आयोग आचारसंहिताको पालना गराउन पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ छ । 



  • प्रकाशित मिति : चैत ३, २०७८ बिहीबार १८:२९:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया