logo-img

१९ हजार अस्ट्रेलियन डलरसहित त्रिभुवन विमानस्थलबाट एक युवती पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशी मुद्रासहित एक युवती पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ बस्ने गोरखा बोर्लाङ–८ की २३ वर्षीया रञ्जिता श्रेष्ठ रहेकी छन् ।

उनलाई प्रहरीले शनिबार दिउँसो विमानस्थल सुरक्षा प्रहरीले पक्राउ गरेको हो । उनले १९ हजार ६ सय अष्ट्रेलियन डलर र ४२ अमेरिकी डलर अवैध रूपमा लुकाई लैजान लागेको प्रहरीले जनाएको छ ।  

कतार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दोहा हुँदै अष्ट्रेलिया जान लागेकी श्रेष्ठले ल्याएको ब्यागेज विमानस्थलमा एक्सरे मेसिनमा जाँच गर्ने क्रममा उक्त मुद्रा फेला पारेपछि उनलाई नियन्त्रणमा लिएको हो । 







  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १३:१:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया