एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चीन प्रस्थान गरेका छन् । चीनको कुन्मिङमा आयोजना हुने ‘इकोनोमिक कोअपरेसन एण्ड कल्चरल एक्सचेञ्ज’ कार्यक्रममा भाग लिन पौडेल चीन प्रस्थान गरेका एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्ष पौडेलसँगै एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल पनि आज बिहान चीन गएका छन् ।   

प्रतिनिधिमण्डल १४ चैतमा स्वदेश फर्किने कार्यक्रम रहेको रिजालले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार ९:१६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया