आइसिसी विश्वकप लिग-२ : नेपाललाई २०३ रनकाे लक्ष्य

आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअन्तर्गत जारी खेलमा  युएईले नेपाल समक्ष २०३ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २०२ रन बनायाे ।

युएईका लागि राेहन मुस्ताफाले सर्वाधिक ६० रनकाे याेगदान दिए ।  ७३ बलकाे सामना गरेका उनले २ चाैका र १ छक्का प्रहार गरे ।

माेहम्मद वसिमले ३३ र चिराग सुरीले २६ रन जाेडे ।

नेपालका लागि सन्दीप लामिछानेले ३, साेमपाल कामी र करण केसी २-२ तथा दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए ।
 





  • प्रकाशित मिति : चैत ७, २०७८ साेमबार १५:१८:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया