logo-img

पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना : मौसमविद्
फाइल तस्वीर

नेपालको पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

मौसमविद् डा. धर्मराज उप्रेतीले भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए ।

मंगलबार मौसमविद् उप्रेतीले ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यानमारमा हाल ठूलो पानी पारिरहेको र दुई, तीन दिन अझै यसको वेग बढ्ने बताए । 

यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे । शुक्रबारसम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए । 

'नेपालमा यसको पूर्वी भागमा र उच्च हिमाली क्षेत्रमा यसको असर देखिने सम्भावना छ । त्यो असर कुन स्तरको देखिन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन भोलिसम्म थाहा हुन्छ । पूर्वी भागमा असिना पानी, हावाहुरी चल्ने सम्भावना अहिलेसम्म आएको छ । नेपालमा बिहीबार र शुक्रबार यसको सामान्य असर देखिने सम्भावना रहेको छ’ उनले भने ।

सामान्य हावाहुरी र असिना पानी परे पनि ठूलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।





  • प्रकाशित मिति : चैत ८, २०७८ मंगलबार १७:१८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया