logo-img

नेपालमा एफडिआई भित्र्याउन फान्स तयार : राजदूत फ्रान्सकोस लिगर

काठमाडौं– फ्रान्सका राजदूत फ्रान्सकोस जेभिएर लिगरले फ्रेन्च कम्पनीहरू नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) भित्र्याउन चाहेको बताएका छन् । 

बिहीबार श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँगको भेटमा उनले नेपालले आवश्यकता प्रस्ट पार्न सकेको खण्डमा एफडिआई भित्र्याउन तयार भएको बताएका हुन् । 

भेटका क्रममा मन्त्री विष्टले फ्रान्सले विगतमा गरेको सहयोगको लागि धन्यवाद दिँदै रोजगारीको अवसरको आदान–प्रदान गर्न सके यसलाई अझै बलियो बनाउन सकिने बताए  ।



यस्तै, भेटका क्रममा सन् २०१४ मा भएको नेपाल र फ्रान्सबीचको द्विपक्षीय सम्झौतालाई पनि कार्यान्वयन गर्ने विषयमा पनि छलफल भएको थियो । 
 





  • प्रकाशित मिति : पुस ५, २०७५ बिहीबार १८:२:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया