रोहितको शानदार सतकसहित तीन रेकर्ड्स

नेपालका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा एकैदिन तीनवटा रेकर्ड बनाएका छन् । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा उनले यी तीन रेकर्ड बनाएका हुन् । उनी पाँचौ नम्बरमा ब्याटिङका लागि क्रिजमा आएका थिए । 

अहिलेसम्म नेपाली क्रिकेटरमा सबैभन्दा धेरै रनको साझेदारी गर्ने, एकै इनिङमा सर्वाधिक रन बनाउने र एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने कीर्तिमान उनले बनाएका हुन् ।

पिएनजीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याउँदै क्रिजमा उत्रिएका नेपाली ब्याटरले सुरुवातमा खासै राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । रोहित मैदान प्रवेश गर्दा नेपालले ३ विकेट गुमाएर ४३ रन बनाएको थियो ।

दबाबमा रहेको नेपाली टोलीलाई रोहितले राहत दिए । उनले १५.३ ओभरमा नेपालका लागि अन्तर्राष्ट्रिय एकदिवसीयमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी बने ।

यसअघि यो रेकर्ड नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो । ज्ञानेन्द्रले १९ इनिङ्स खेल्दै ४ सय ८० रन बनाएका थिए ।



नेपाली ब्याटरमा सबैभन्दा पहिले ५ सय रन बनाउने कीर्तिमान पनि रोहितले आफ्नो नाममा दर्ज गराएका छन् ।

यति मात्र होइन, रोहितले आजको खेलमा अर्को कीर्तिमान पनि बनाएका छन् । 



उनले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा धेरै रन बनाउने नेपाली खेलाडीको रेकर्ड आफ्नो नाममा गरेका छन् । योसँगै उनी नेपालका लागि शतक प्रहार गर्ने दोस्रो खेलाडी पनि बनेका छन् । 

यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरी २८ मा युएईविरुद्ध ११५ रन बनाएका थिए । रोहितले योभन्दा धेरै रन बनाएर नेपालका लागि अर्को कीर्तिमान पनि बनाएका छन् ।

४५.२ ओभरमा क्याचआउट हुनुभन्दा पहिले रोहितले १०७ बलको सामना गरे । यसमा ७ चौका र ४ छक्कासहित उनले १ सय २६ रनको शानदार पारी खेलेका छन् ।

रोहितले शुक्रबारको खेलमा नै १०४ रनको शतकीय साझेदारी बनाउँदै रेकर्ड बनाएका छन् । यसका लागि उनले आरिफ शेखसँगको साझेदारी गरेका हुन् । 

आरिफ ३४ रनमा आउट हुँदा यो रकेर्ड बनेको हो । यसअघि यो रेकर्ड आसिफ शेख र ज्ञानेन्द्र मल्लको नाममा थियो ।

नवलपरासीका रोहितले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको शृङ्खलाका क्रममा एकदिवसीयमा डेब्यू गरेका थिए । 

उनले २६ जनवरी २०१९ मा युएईविरुद्ध आफ्नो करिअरको पहिलो अर्धशतक बनाएका थिए । शुक्रबार उनले करिअरको पहिलो शतक बनाए । 

  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार १७:३१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया