स्विट्जरल्याण्डमाथि इंग्ल्याण्डको रोमाञ्चक जित

मैत्रीपूर्ण खेलअन्तर्गत स्विट्जरल्याण्डमाथि इंग्ल्याण्डले रोमाञ्चक जित निकालेको छ । गएराति घरेलु मैदान वेम्बली स्टेडियममा भएको खेलमा १ गोलले पछि परेको अवस्थालाई उल्टाउँदै उसले २–१ को रोमाञ्चक जित निकालेको हो । 

खेलको २२ औं मिनेटमा ब्रेल एम्बोलोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा लुक शले इंग्ल्याण्डलाई १–१ को बराबरीमा ल्याए ।

७८ औं  मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई २–१ को रोमाञ्चक जित दिलाए । अन्य मैत्रीपूर्ण खेलमा बेल्जियमले रिपब्लिकन अफ आयरल्याण्डसँग २–१ को बराबरी खेल्दा स्पेनले अल्वानियामाथि २–१ को जित हात पार्यो । 






  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार ७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया