इजरायलविरुद्ध जर्मनीको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आज बिहान सम्पन्न खेलमा  इजरायलविरुद्ध घरेलु टोली जर्मनी २–० ले विजयी भएको छ । रेन-नेकर एरिना स्टेडियममा भएको खेलमा घरेलु टोली जर्मनीको जितमा काइहाभर्टेज र टिमो वर्नरले गोल गरे । 

खेलको २६ औं मिनेटमा हाभर्टेजले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा वर्नरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

८९ औं मिनेटमा थोमस मुलरले पेनाल्टीमा गोल गर्न नसक्दा जर्मनी फराकिलो अग्रता लिन चुकेको थियो । दोस्रो हाफको थप गरिएको समयमा योनेटन कोहन पेनाल्टीमा चुक्दा इजरायलले गोल अन्तर कम गर्न सकेन । 

अर्को मैत्रीपूर्ण खेलमा नेदरल्याण्ड्सले डेनमार्कलाई ४–२ गोल अन्तरले हरायो । 






  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार ७:३५:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया