logo-img

कांग्रेस सांसद कँडेलको ‘बोनसको यो जीवन’ बजारमा

नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलको ‘बोनसको यो जीवन’ नामक पुस्तक विमोचन भएको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद कँडेलको पुस्तक विमोचन गरेका हुन्। 

विमोचन समारोहपछि बोल्दै सांसद कँडेलले पुस्तकमा २०६० भदौ १२ गते कुसुन्तीमा आफैंमाथि भएको आक्रमणका बारेमा चर्चा गरिएको बताए ।



आक्रमणमा तत्कालीन माओवादी संलग्न रहेको र सोही सेरोफेरोमा पुस्तक तयार गरेको उनकाे भनाइ छ ।

सांसद कँडेलको पुस्तकभित्र विभिन्न शीर्षकमा घटना विवरणसहित ४ खण्डमा राखिएको छ । २७२ पेजको यो पुस्तकमा पारिवारिक तथा राजनीतिक गविविधिहरू रहेको पनि सांसद कँडेलले बताए ।

सांसद कँडेलले पुस्तक बिक्रीबाट आएको आयलाई नेपाल नेत्रज्योति संघ नवलपरासीको आई हस्पिटलमा आर्थिक रूपमा विपन्नहरूलाई उनीहरूको मोतिविन्दुको निःशुल्क अप्रेसनका लागि र आँखा सम्बन्धित उपचारको लागि खर्च गर्ने उद्देश्य रहेको पनि बताए ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार १४:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया