logo-img

प्रधानमन्त्री देउवाको भारत भ्रमणबारे नेपाल र भारतका विदेशमन्त्रीबीच छलफल

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलमा श्रीलंकाको कोलम्बोमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशंकरसँग भेटवार्ता गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लागेको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदेशमन्त्रीबीच छलफल  भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारतका बाह्य मामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले रामायण परिपथलाई अघि बढाउन आफूहरूबीच सहमति भएको पनि उल्लेख गरेका छन्।  





  • प्रकाशित मिति : चैत १५, २०७८ मंगलबार १७:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया