युक्रेनका केही क्षेत्रमा हमला कटौती गर्ने रुसी घोषणा

रुसी उपरक्षामन्त्री अलेक्जेन्डर फोमिनले आफ्ना फौजले किभ र चेर्निभ आसपासको क्षेत्रमा सैन्य गतिविधि घटाउन तयार रहेको बताएका छन् । 

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेडिनस्काइले टर्कीको स्तानबुलमा युक्रेनी अधिकारीहरूसँग अर्थपूर्ण वार्ता भएको बताइरहेका बेला उपरक्षामन्त्री फोमिनको 
यस्ताे भनाइ आएको हो । 

‘आजको अर्थपूर्ण छलफलपछि हामी सहमत भएका छौं र समाधानको प्रस्ताव राखेका छौं । जसअनुसार सन्धि सुरु गर्दै राष्ट्र प्रमुखहरूको बैठक विदेशमन्त्रीहरूसँग एकैसाथ गर्न सम्भव छ’, मेदिन्स्कीले भने ।

प्रमुख रुसी वार्ताकारले अगाडि थपे, ‘शान्तिको सम्भावना धेरै नजिक हुनेछ ।’

युक्रेनी पक्षले ‘अन्तर्राष्ट्रिय सुरक्षा ग्यारेन्टीअन्तर्गत स्थायी रूपमा तटस्थ राज्य’ बन्न तयार रहेको लिखित प्रस्ताव पेस गरेको पनि उनले बताए ।

रुसी वार्ताकारले युक्रेनका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अन्तिम सम्झौतामा हस्ताक्षर गर्न चाहेको समेत बताएका छन् । 
 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:२३:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया