मधेस प्रदेशसभाको बैठक दुई मिनेटमै स्थगित

मधेस प्रदेशको प्रदेशसभाको बैठक दुई मिनेटमै स्थगित भएको छ। गणपूरक संख्या नपुगेका कारण बैठक स्थगित भएको हो । 

प्रदेशसभाको बैठक बुधबार सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठक अघि नबढाउन सभामुखसँग आग्रह गरेका थिए।

नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले मन्त्रीहरूलाई प्रदेशसभामा उपस्थित भएर जवाफ दिनुपर्नेमा आफ्नो काममा व्यस्त रहने गरेको गुनासो पोखेका थिए। 

सांसद साहले १० पटकसम्म बैठकमा उपस्थित नहुने सांसदको पद स्वतः खारेज हुने व्यवस्था विधानमा भएकाले त्यसतर्फ पनि ध्यान दिन सभामुखसँग आग्रह गरेका थिए।

यसपछि बैठकका लागि प्रदेशसभा सदस्यको आवश्यक गणपूरक संख्या नपुगेकाले सभामुख सरोजकुमार यादवले बिहीबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरे।





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार २०:२८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया