फिफा वरीयतामा नेपालको एक स्थान खस्कियो,  ब्राजिल पहिलो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । 

यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् ।

यसैगरी १८७ स्थानमा रहेको भुटान चौथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौँ, १९७ स्थानमा रहेको पाकिस्तान छैटौँ र २०५ स्थानमा रहेको श्रीलंका सातौँ स्थानमा छन् । 

वरीयताको शीर्ष स्थानमा ब्राजिल उक्लिएको छ भने यसअघि शीर्ष स्थानमा रहेको बेल्जियम दोस्रो स्थानमा झरेको छ । यस्तै, तेस्रो स्थानमा फ्रान्स, चौथोमा अर्जेन्टिना र पाँचौँ स्थानमा इंग्ल्यान्ड छन् ।

यसैगरी, छैटौँ स्थानमा इटाली, सातौँमा स्पेन, आठौँमा पोर्चुगल, नवौँमा मेक्सिको र १०औँ मा नेदरल्यान्ड्स छन् ।





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १७:५६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया