जनताले चाहेअनुरुप राजनीतिक व्यवस्था बदलिन सकेन : सिपी गजुरेल

देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले नेपालको संसदबाट एमसिसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका छन् । 

बिहीबार काठमाडौंमा आयोजना भएको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष गजुरेलले एमसिसी सम्झौता अनुमोदन गरेर इतिहासमा कहिल्यै नभएको राष्ट्रघात गरिएको बताएका हुन् । एमसीसीको विरुद्धमा आफूहरुले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै उनले एमसिसी राष्ट्रघाती सम्झौता रहेको कुरा प्रमाणित भइसकेको दाबी गरे । 

नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई नेपालले आफ्नो नक्सामा समेटेको भए पनि सो जमिन अझै भारतको नियन्त्रणमा रहेको बताउँदै अध्यक्ष गजुरेलले भारतले नेपाली भूमिमा बाटो बनाएर नेपालको स्वाभिमान र स्वाधिनतामा आँच पुर्याएको बताए । 

नेपालको राजनीतिक व्यवस्था आंशिक रुपमा बदलिएको भए पनि जनताले अपेक्षा गरेअनुसार पूर्ण रुपमा व्यवस्था नबदलिएको उनले बताए । 

नेपालका कम्युनिस्ट, क्रान्तिकारीहरुबीच पार्टी एकता गरेर जानुपर्ने उनले धारणा राखे । 





  • प्रकाशित मिति : चैत १७, २०७८ बिहीबार १८:३३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया