पाकिस्तानकाे सत्तारूढ दल पाकिस्तान तेहरिक ए-इन्साफ (पिटिआई) का पाँच कार्यकर्तालाई संसद भवन बाहिरबाट पक्राउ गरिएको छ ।
इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा मतदानको दिन उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
प्रहरीले पक्राउ गरेपछि पाँच कार्यकर्तालाई अबपारा प्रहरी चौकीमा पठाएकाे छ ।
प्रस्तावमा मतदान हुनुअघि राजधानीमा धारा १४४ लागू भएको छ । यसका साथै रेड जोनलाई सिल गरिएको छ ।
इमरान खानले हिजो पूरै देशमा शान्तिपूर्ण विरोध प्रदर्शनका लागि अपील गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।