नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा २३ जनामा कोरोना संक्रमण देखिएको छ । यो अवधिमा ६ हजार ९०९ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण भएको छ ।
आज ६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै ९ लाख ६५ हजार ६२५ संक्रमणमुक्त भएका छन् ।
आज मृत्यु भएको छैन । अहिलेसम्म ११ हजार ९५१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
आज देशभर ८९९ सक्रिय संक्रमित छन् । उनीहरू होम तथा संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
आज ३० हजार ४४८ जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।