जाजरकोटमा गठबन्धन गर्ने चार दलको सहमति

जाजरकोटमा आगामी ३० वैशाखमा हुने निर्वाचनमा सत्तारूढ दलहरूले तालमेल गर्ने निर्णय गरेका छन् । 

नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहको अध्यक्षता बसेको बैठकले सत्तारूढ दलहरूले आगामी निर्वाचन तालमेल गर्ने निर्णय गरेका हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गर्ने निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक डम्बरबहादुर रावतले जानकारी दिए ।

गठबन्धनको काम, कारबाहीलाई व्यवस्थित बनाउनका लागि आवश्यक तयारीका लागि पार्टी प्रमुखसहित एक दलबाट तीन जनाका दरले १२ जनाको जिल्लास्तरीय संयन्त्र निर्माण गर्ने, पालिकास्तरमा सत्ता गठबन्धनको मर्मविपरीत गतिविधि सञ्चालन तथा अभिव्यक्ति नदिन निर्देशन दिने र पालिकास्तरमा पनि चुनावी तालमेलको संयन्त्र निर्माण गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति वेदराज सिंहले जानकारी दिए । 





  • प्रकाशित मिति : चैत २१, २०७८ साेमबार १४:१४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया