रामचन्द्र पौडेल नेतृत्वको निर्वाचन परिचालन समितिको बैठक बुधबार बस्ने

सत्तारूढ दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक बुधबार बस्ने भएको छ । 

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका नेताहरूको बैठकले पौडेल नेतृत्वको निर्वाचन परिचालन तथा अनुगमन समिति बनाएको थियो ।

समितिको सदस्यमा गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, वर्षमान पुन, देव गुरुङ, बेदुराम भुषाल, विजय पौडेल, अशोक राई, रेनु यादव र हिमाल पुरी रहेका छन् ।

सो समितिको बैठक बुधबार २ बजे बस्न लागेको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा २ बजे बस्नेगरी पौडेलले बैठक डाकेका हुन् । 

बैठकमा स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई कसरी अघि बढाउने भन्नेबारे छलफल हुने बताइएको छ । 

स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने तय भएको छ । स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूले चुनावी गठबन्धन गर्न सैद्धान्तिक सहमति गरेका छन् ।





  • प्रकाशित मिति : चैत २२, २०७८ मंगलबार १५:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया