logo-img

नयाँ दिल्लीमा मासु पसल बन्द गरिएपछि चाैतर्फी आलाेचना

भारतको राजधानी नयाँ दिल्लीमा अधिकांश मासु पसलहरू दुई दिनदेखि बन्द छन् । 

नौ दिनसम्म मनाइने हिन्दुहरूको पर्व नवरात्रिको अवसरमा सथानीय अधिकारीहरूकाे निर्देशनमा मासु पसल बन्द भएका हुन् । 

तर, मासु पसल बन्द गर्न दिइएको निर्देशनलाई लिएर त्यसको चर्को आलोचना भएको छ । 



चाडपर्वको समयमा अधिकांश मानिसहरुले मासु नखाने दक्षिण तथा पूर्वी जिल्लाका मेयरहरूले बताएका छन् । 

नवरात्रिमा पसलमा खुलम खुला मासु काटेको आफूले देख्न नसकेको धेरैले बताएका थिए । 

तर, समाजिक सञ्जालमा यसको चर्को विरोध भएको छ । यसले भारतको बहुलवाद उल्लंघन गरेको धेरैले गुनासो गरेका छन् । 



महिषासुर र दानवमाथि देवी दुर्गाको विजय उत्सवको रुपमा नवरात्रि मनाइन्छ । 

नौ दिनको चाडको समयमा हिन्दु भक्तजनहरू सामान्यतया उपवास बस्छन् । उनीहरूले मासु खाँदैनन् भने खानामा लसुन, प्याज प्रयोग गर्दैनन् ।



नयाँ दिल्लीमा मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीको सरकार छ । दिल्ली सरकारले मासु पसलहरू बन्द गर्न कुनै आधिकारिक आदेश जारी गरेको छैन । 

११ अप्रिलसम्म पसलहरू बन्द राख्न आह्वान गर्ने मेयरहरू प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (बिजेपी)  का हुन् । तर उनीहरूको आह्वानको तीव्र आलोचना भइरहेको छ । 

सांसद र तृणमूल कंग्रेस पार्टीका नेता महुआ मोइत्राले भने, ‘संविधानले मलाई मन परेको बेला खाना खान अनुमति दिन्छ । ’

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ८:१९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया