मन्त्री श्रेष्ठकाे आराेप : भूमिहीनलाई भोट बैंकका रूपमा प्रयोग गरियो
फाइल फाेटाे

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले भूमिहीन जनतालाई भोट बैंकका रूपमा मात्रै प्रयोग गरिएको बताएकी छन् । 

मकवानपुरको बागमती गाउँपालिकामा आयोजित भूमिहीन, दलित, सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले यस्ताे बताएकी हुन् । 

संविधान निर्माणको क्रमदेखि नै यथास्थितिवादीले स्वीकार नगरेको बताउँदै उनले संविधानको रक्षा गर्न गठबन्धन सरकार बनेको बताइन्। 

उनले भनिन्, ‘अहिलेको गठबन्धन सरकारले हकअधिकारको कार्यान्वयन गर्छ । दलित भूमिहीनलाई पुर्जा प्रदान गर्ने अहिलेको सरकारको उच्च प्राथमिकता छ । पहिलेको सरकार छँदा एक वर्षमा एक हजार भूमिहीनलाई पनि पुर्जा प्रदान गरेको थिएन । वर्तमान सरकारले ४ महिनामा २० हजार भूमिहीनलाई पुर्जा प्रदान गरिसकेको छ ।’

बागमती गाउँपालिकाले दुई भूमिहीन दलित परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरेको छ । 

गाउँपालिका-४ का कृष्णबहादुर दर्नाल र तीर्थबहादुर विश्वकर्मालाई पुर्जा वितरण गरिएको हो । १ हजार ७ सय जनाले निवेदन दिएका थिए तर २ जनाले मात्रै पुर्जा पाएका हुन् ।



सर्वदलीय बैठक नै नबसी भूमिहीनलाई पुर्जा प्रदान गरिएको भन्दै गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तानले असन्तुष्टि जनाएकी छन् ।  



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार ८:५२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया