logo-img

नेपाललाई एसियन कपमा छनोट गराउने वाचा गर्न सक्दिन : अलमुताइरी

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई एसियन कपमा छनोट हुने वाचा गर्न नसक्ने बताएका छन् । फेसबुकमार्फत अब्दुल्लाहले अर्को वर्ष चीनमा हुने एसियन कपमा पुर्याउने वाचा गर्न नसक्ने बताएका हुन् ।

‘हामी एसियन कपमा छनोट हुन्छौं भनेर वाचा गर्न त सक्दिन । तर, म वाचा गर्छु हाम्रो हिरोहरूले गर्व गर्न लायक प्रदर्शन गर्नेछन्,’ उनले भनेका छन्, ‘हाम्रा लक्ष्यहरू सपना र आशाभन्दा ठूला छन् । हाम्रो लक्ष्य नेपाललाई एसियन फुटबल म्यापमा लैजाने हो । त्यसका लागि समय र धैर्य चाहिन्छ ।’

छनोटअघि तीनदेखि चार मैत्रीपूर्ण खेलका लागि प्रयास भइरहेको उनले बताए । 



नेपालले एसियन कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्दैछ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोटको तयारीका लागि बन्द प्रशिक्षणका लागि खेलाडीको सूचीसमेत सार्वजनिक गरिसकेको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १६:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया