एसियन कप छनोट : खेलाडी भन्छन् - अन्तिमसम्म लड्छौँ

नेपाली राष्ट्रिय फुटबल टोलीले कुवेतमा आयोजना हुने एएफसी एसियन कप छनोटमा सहभागिता जनाउँदैछ । 

आगामी जुनमा आयोजना हुने छनोटका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरिसकेका छन् । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले छनोट हुन सक्दैनौँ भने पनि खेलाडीले भने उत्कृष्ट प्रदर्शनको आशा राखेका छन् । 

एएफसी एसियन कप छनोट प्रतियोगिताको कठिन मानिएको समूहमा रहेको नेपालले जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी गरिरहेको छ । कठिन मानिएको समूहमा रहेको नेपालले छनोटमा उत्कृष्ट प्रदर्शनको आशा राखेको छ । 

मुख्य प्रशिक्षकले छनोट हुँदैनौँ भन्दै दिएको अभिव्यक्तिको सार्वजनिक रूपमा दिए पनि नेपाली टोलीका उपकप्तान रोहित चन्दले छनोटमा उत्कृष्ट प्रदर्शन गर्नका लागि योजनाबद्ध तरिकाले तयारी गरिरहेको बताए ।

नेपाल रहेको समूहमा आयोजक कुवेतसँगै नेपाल, इन्डोनेसिया र जोर्डन रहेका छन । बलिया टोली भएकाले नेपालको छनोट सम्भावना न्यून रहेको छ । 

छनोटको सम्भावना कम भए पनि छनोटमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली टोली तयार रहेको सुजल श्रेष्ठले बताए । यस्तै, विशाल राई, अनन्त तामाङ र विशाल श्रेष्ठले पनि अन्तिमसम्म पनि बलिया टोलीविरुद्ध नतिजाका लागि लड्ने प्रतिक्रिया दिए ।



लामो समयसम्म चोटका कारण मैदान बाहिर रहेका नवयुग श्रेष्ठ पनि टोलीमा फर्किएका छन् । चोटलाई भुलेर राम्रो खेल्न अवसर एएफसी एसियन कप छनोट प्रतियोगितामा भएको नवयुगले बताए ।

छनोटबाट समूहको शीर्ष टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन । यस्तै, ५ समूहको उत्कृष्ट उपविजेताले पनि प्रतियोगितामा सहभागी हुने मौका पाउनेछन् ।



  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार १६:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया