भरतपुरको मेयर यसपटक कांग्रेसले पाउनुपर्छ, होइन भने मित्रवत् प्रतिस्पर्धा : विश्वप्रकाश शर्मा

चितवनको भरतपुर महानगरपालिकाको मेयर कुन पार्टीले पाउने भन्नेमा अहिले गठबन्धनमा रहेका दुई प्रमुख दलबीच हानाथाप परेको छ । 

माओवादी पार्टी यसअघि कांग्रेसको सहयोगमा मेयर बनेकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई नै दाहोर्याउने पक्ष्ँमा छ भने चितवन कांग्रेसका नेताहरु यसपटक कुनै हालतमा नछाड्ने अडानमा छन् । 

कांग्रेस सभापति शेरबहादुर देउवा माओवादीलाई भरतपुरको मेयर दिन सकारात्मक भइरहँदा कांग्रेसकै एक महामन्त्री विश्वप्रकाश शर्माले भने तेस्रो विकल्पमा जानुपर्ने प्रस्ताव गरेका छन्। 

शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो भनाइ राख्दै महामन्त्री शर्माले भरतपुरमा नयाँ र तेस्रो विकल्पमा जानुपर्ने बताएका हुन्। 

०७४ सालमा कांग्रेसले माओवादीलाई सघाएर मेयर जिताएकाले योपटक स्वभावतः कांग्रेसलाई माओवादीले सघाउनुपर्ने शर्माको तर्क थियो । तर दुवैले नछाड्ने हो भने तेस्रो विकल्पका रुपमा मित्रवत् प्रतिस्पर्धा गर्नुपर्ने उनको भनाइ थियो । 

उनले बैठकमा भने, ‘०७४ मा कांग्रेसले मेयर पद माओवादीलाई छोडेको थियो, माओवादी चाहन्छ योपटक पनि कांग्रेसले सघाउनु पर्छ। तर, हामी चाहन्छौँ, योपटक माओवादीले कांग्रेसलाई छाड्नुपर्छ।’ 



कांग्रेसको निर्णय गठबन्धन नभई तालमेल मात्रै भएकाले स्थानीय स्थिति र आवश्यकताअनुरुप चितवनका कार्यकर्ताको भावनाअनुसार भरतपुरमा कांग्रेसले मेयर लिनुपर्ने उनले बताए। 



  • प्रकाशित मिति : वैशाख ३, २०७९ शनिबार २१:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया