बझाङमा कांग्रेस जिल्ला सभापति सवार जिप दुर्घटना : एकको मृत्यु, आठ जना घाइते

बझाङमा नेपाली काग्रेसका सभापति खडकबहादुर बोहरा सवार जिप दुर्घटनामा परेको छ । जिल्लाको बित्थडचिर गाउँपालिका–४ देउलेकमा आज बिहान पौने १ बजे सुपप्र ०१००१ च ००९५ नम्बरको जिप दुर्घटना परेको हो । 

दुर्घटनामा एकजनाको मृत्यु भएको बित्थड प्रहरी चौकी सहायक प्रहरी निरीक्षक दौलत पुजाराले जानकारी दिए । दुर्घटनामा मृत्यु हुनेमा कांग्रेसका सभापति बोहराका छोरा २७ वर्षीय विनोद रहेका प्रहरीले जनाएको छ ।  त्यस्तै, दुर्घटनामा घाइते भएका एक जनालाई थप उपचारका लागि धनगढी रिफर गरिएको छ । 

सभापति बोहराकी बुहारी कञ्जु बोहराको अवस्था गम्भीर रहेकाले धनगढी रिफर गरिएको प्रहरीले​ जनाएको छ । अन्य सात जनाको देउलेख प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । 

चैनपुरबाट धनगढी हिँडेको जिपमा नौ जना सवार थिए । उनीहरू सबै सभापति बोहराका आफन्त रहेका प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार ७:५६:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया