रुसको चेतावनी : स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भए आणविक हतियार तैनाथ गर्छौँ

रुसले स्वीडेन र फिनल्याण्ड अमेरिकी नेतृत्वको सैन्य गठबन्धनमा सामेल भएमा रसियाले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू तैनाथ गर्ने चेतावनी दिएका छन् । 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगी दिमित्री मेदभेदेवले यस्तो चेतावनी दिएका हुन् । रुससँग १ हजार ३०० किलोमिटर सीमा जोडिएको फिनल्यान्ड र अर्को युरोपेली देश स्वीडेनले नेटो गठबन्धनमा आबद्ध हुने योजनामा छन् । 

रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्रि मेदभेदेवले स्वीडेन र फिनल्याण्ड नेटोमा आबद्ध भएमा रुसले बाल्टिक सागरमा आफ्नो स्थल, नौसैनिक र वायु सेना बलियो बनाउने बताए ।

सन् २००८ देखि २०१२ सम्म रुसीको राष्ट्रपति रहेका मेदभेदेवले भने, ‘आणविकमुक्त बाल्टिकबारे कुनै पनि वार्ता हुन सक्दैन । सन्तुलन पुनस्र्थापित गरिनुपर्छ । ’

मेदभेदेव सन् २००८ देखि सन् २०१२ सम्म रुसको राष्ट्रपति थिए । उनीहरूले आणविक हतियार र हाइपरसोनिक मिसाइलहरू घरनजिकै बाँच्नुपर्ने थियो । उनीहरूले घरनजिकै परमाणु हतियार र हाइपरसोनिक मिसाइलहरूसँग बाँच्नु पर्नेछ ।   





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार ११:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया