logo-img

नेपाल पत्रकार महासंघको घोषणा : श्रम शाेषण गर्ने मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलन गर्ने

नेपाल पत्रकार महासंघले मिडिया हाउसहरुमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवी पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसमा भोलि (वैैशाख ५ गते)देखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो । 

श्रमजीवी पत्रकारहरुको शोषण गर्ने मिडिया हाउसहरुमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए । श्रमजीवी पत्रकारहरु र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने समेत स्पष्ट पारे ।



भोलि र पर्सि कान्तिपुर टेलिभिजनमा धर्नाको कार्यक्रम रहेको अध्यक्ष पोखरेलले बताए । त्यसपछि जहाँ श्रमको शोषण भइराखेको लिखित जानकारी आएको छ ती संस्थामा आन्दोलन गर्ने उनले बताए । 

महासंघका अध्यक्ष पोखरेलले श्रमजीवि पत्रकारहरुले श्रम शोषण भएको लिखित जानकारी महासंघमा रेकर्ड गराएको उल्लेख गर्दै उनीहरुको माग सम्बोधन गरेर अघि बढ्नुको विकल्प नरहेको बताए । महासंघले प्रेस स्वतन्त्रताविरोधी खालका कतिपय ड्राफ्ट भएका कानुनको विरोधमा सरकारसँग पनि आन्दोलन जारी रहेको र त्यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख ४, २०७९ आइतबार १८:३३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया