अग्रता जोगाउन नसक्दा रोमासँग बराबरीमा रोकियो नापोली

इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा नापोली र रोमाले बराबरी खेलेका छन् । सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली नापोली १० खेलाडीमा सीमित रोमासँग १–१ को बराबरीमा रोकिएको हो ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा खेलको ११ औं मिनेटमा लोरेन्जो इनसिग्नेले पेनाल्टीमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ७८ औं मिनेटमा गोलरक्षक ड्यानियल फुजाटोले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि रोमा १० खेलाडीमा समेटियो ।

थप गरिएको समयमा स्टेफन शारावीले गोल गरेपछि खेल १–१ को बराबरीमा टुंगियो । यो नतिजासँगै ३३ खेलमा ६८ अंक जोडेको नापोली तेस्रो तथा समान खेलबाट ५८ अंकका साथ रोमा पाँचौं स्थानमा यथावत छन् । 

लिगकै अर्को खेलमा हेलास भेरोनाले एट्लान्टामाथि २–१ को जित दर्ता गरेको छ । 





  • प्रकाशित मिति : वैशाख ६, २०७९ मंगलबार ७:१२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया