अनलाइन गेममार्फत् चिनजान भएकी किशोरीलाई यौन दुर्व्यवहार गर्ने एक युवक पक्राउ

फ्रि फायर गेममार्फत चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउपर्नेमा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । उनलाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएका थिए । त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरूमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका–८ मातातीर्थमा उनी फेला परेकी थिइन् । 

थप अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको, फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरूमार्फत कुराकानी भएर विवाह गर्नेलगायतको आश्वासन दिएर गत २९ चैतमा पाल्पाबाट मोटरसाइकलमा काठमाडौं आएको खुलेको थियो ।  

गत चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका–६ स्थित बसुन्धरामा राखी उदाशले बलात्कार गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । उदाशमाथि थप अनुसन्धान भइरहेको छ ।  





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार १३:४०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया