फियोरेन्टिनालाई हराउँदै युभेन्ट्स कोपा इटालियाको फाइनलमा

युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली युभेन्ट्सले बुधबार रातिको सेमिफाइनलअन्तर्गत दोस्रो लेगमा फियोरेन्टिनामाथि २–० तथा समग्रमा ३–० को जित निकाल्दै उपाधि भिडन्त पक्का गरेको हो । 

फियोरेन्टिनको घरेलु मैदानमा भएको पहिलो लेगमा युभेन्ट्सले १–० को जित निकालेको थियो । एलियन्ज स्टेडियममा युभेन्ट्सलाई जित दिलाउन फेडेरिको बेर्नार्डेस्ची र डानिलोले एक/एक गोल गरे ।

खेलको ३२ औं मिनेटमा फेडेरिकोले  युभेन्ट्सलाई अग्रता दिलाएका थिए । थप गरिएको समयमा डानिलोले गोल गर्दै घरेलु टोलीलाई २–० को जित दिलाए । ​युभेन्ट्सले उपाधिका लागि ११ मेमा इन्टर मिलानसँग प्रतिस्पर्धा गर्नेछ ।

इन्टर मिलान सहरी प्रतिद्वन्द्वी एसी मिलानलाई ३–० ले हराउँदै फाइनल प्रवेश गरेको हो । 





  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार ८:१३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया