लिग वान पिएसजीको शानदार जित, उपाधिका लागि अझै कुर्नुपर्ने

फ्रेन्च लिग वानमा गएराति सम्पन्न खेलमा लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । पिएसजी घरेलु टोली एन्जर्समाथि ३–० गोल अन्तरले विजयी भएको हो । 

रेमण्ड कोपा स्टेडियममा पिएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे, सर्जियो रामोस र मार्क्विन्होसले एक/एक गोल गरे । खेलको २८ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको थप गरिएको समयमा रामोसले टोलीको अग्रता दोब्बर बनाए ।

७७ औं मिनेटमा मार्क्विन्होसले गोल गरेपछि पिएसजीले ३–० को सहज जित निकाल्यो । थप गरिएको समयमा इडुवार्डो मिचुटले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि पाहुना टोली १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै शीर्ष स्थानको पिएसजीले ३३ खेलमा ७७ अंक जोडेको छ । पराजित एन्जर्स समान खेलबाट ३४ अंकका साथ १४ औं स्थानमा छ । उपाधिका लागि भने पिएसजीले अझै कुर्नुपर्ने भएको छ ।

दोस्रो स्थानको मार्सेलीले नान्टेसलाई हराएपछि उसले उपाधिका लागि कुर्नुपर्ने भएको हो ।  





  • प्रकाशित मिति : वैशाख ८, २०७९ बिहीबार ८:२७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया