मित्रता र सहकार्यका साथ एकतामा लाग्न महामन्त्री डा. कोइरालाको आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले एकताबद्ध भएर लाग्न पार्टी नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । 

कञ्चनपुरको बेलौरीमा नेपाली कांग्रेस कञ्चनपुर क्षेत्र नं १ को क्षेत्रीय सम्मेलन उद्घाटन गर्दै महामन्त्री कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन वडास्तरसम्मका कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए । 

पार्टीभित्र एकता नभएकै कारण कांग्रेसले निर्वाचनमा हार बेहोेरेकाले पार्टीभित्र मित्रता र सहकार्य भए आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुने दाबी गरे । वर्तमान सरकारले केही काम गर्न नसकेको भन्दै उनले निर्मला पन्त हत्या प्रकरणमा सरकारको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको आरोप लगाए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दिलेन्द्रप्रसाद बडू र नारायणप्रकाश साउद तथा अन्य नेताले आ–आफ्नो धारणा राखेका थिए । 
 





  • प्रकाशित मिति : पुस १३, २०७५ शुक्रबार २०:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया