logo-img

सिन्धुपाल्चोक कांग्रेस-एमाले मिल्ने चर्चापछि गठबन्धन अन्योलमै

नेपाली कांग्रेसले एमालेसँग तालमेल गर्ने तयारी गरेपछि सिन्धुपाल्चोकमा पाँच दलीय गठबन्धन अन्योलमा परेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले १२ मध्ये ६ स्थानीय तह मागेपछि कांग्रेस एमालेतर्फ मोडिँदा गठबन्धननै कमजोर बन्न पुगेको हो । 

कांग्रेसले चारभन्दा बढी सिट दिनै नसकिने अडान राखेपछि गठबन्धन बैठक बस्न सकिरहेको छैन । पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेसले चरणबद्ध बैठकमा माओवादी केन्द्र र नेकपा एसलाई जिल्लाका १२ स्थानीय तहमध्ये चार मात्रै दिन सकिने अडान राखेको छ । 

कांग्रेसले आठ सिट राखेर एमालेलाई चार सिट दिनेगरी योजना बनाइरहेको स्रोत दाबी छ । एमालेका नेताहरूले पनि चार सिट मात्रै लिएर तालमेल गर्न नसकिने भन्दै असन्तुष्ट जनाएका छन् । 



सिन्धुपाल्चोकमा माओवादी केन्द्र र एमालेले उम्मेदवारको उम्मेदवार सूची माथिल्लो कमिटीमा सिफारिस गरेका छन् । तर, गठबन्धनको टुंगो नलाग्दा कुनै पनि दलले उम्मेदवारको अन्तिम छनोट गर्न सकेका छैनन् ।

पटक पटकको वार्ता उपलब्धिविहीन हुनुको दोष कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत रहेको माओवादीका नेताहरूको आरोप छ । 





  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार १३:४२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया