logo-img

उम्मेदवारी दर्ता गर्न सागर थापा दलबलसहित पुगे निर्वाचन कार्यालय

नेकपा (एमाले) को तर्फबाट विराटनगरको मेयर पदका लागि उम्मेदवारी दर्ता गर्न सागर थापा निर्वाचन कार्यालय पुगेका हुन् । 

विराटनगरस्थित पार्टी कार्यालयबाट बाजागाजा र जुलुससहित थापा उम्मेदवारी दर्ता गराउन उनी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् । 

मेयर उम्मेदवारको चर्चा गरिएका एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, केन्द्रीय सदस्य, विनोद ढकाल, रामलाल साहलगायतका नेता र कार्यकर्तासहित उनी निर्वाचन कार्यालय पुगेका हुन् । 

एमालेले सोमबार विहान मात्र विराटनगर महानगरपालिकामा उम्मेदवारको टुंगो लगाएको थियो । एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा शिल्पा कार्कीलाई टिकट दिएको छ ।





  • प्रकाशित मिति : वैशाख १२, २०७९ साेमबार १५:५०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया