'अहिलेकाे विवादले नेपाली फुटबलको मात्र पराजय हुन्छ'

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङ पछिल्लो समय नेपाली फुटबलमा देखिएको विवाद चाँडै ठिक हुनु पर्ने मागमा छन् । उनले यो विवाद छिटो टुंग्याउनु पर्ने माग गरेका हुन् ।

पूर्वकप्तान अनिलले फेसबुकमा विवादले फुटबलको हार हुने भन्दै विवाद समाधान छिटो गर्न अनुरोध गरेका छन् ।

'यो घटनाले भावी पिँढीका लागि पनि नकारात्मक सन्देश गएको छ र यसमा पराजय मात्र फुटबलको हुनेछ । एक पूर्वकप्तानको नाताले यो विवाद छिटो भन्दा छिटो सुल्झाई खेलाडीलाई खेल्न योग्य वातावरण बनाइ दिन हुन म सम्बन्धित निकायलाई हार्दिक अनुरोध गर्दछु,' पुर्वकप्तान अनिलले लेखेका छन् ।

पूर्व स्ट्राइकर अनिलले सम्बन्धित निकायले पहल नगर्दा यो अवस्था आएकोसमेत बताएका छन् ।

'हाल नेपाली फुटबलमा चलिरहेको विवाद प्रति म अवगत छु । अब्दुल्लाह अलमुताइरी एक अब्बल प्रशिक्षक हुनुहुन्छ, यसमा सायदै दुई मत होला । तर देशको इज्जत र प्रतिष्ठाका लागि आफ्नो घरपरिवार त्यागेर रगत पसिना बगाएका हामी खेलाडी पनि अनावश्यक विवाद सिर्जना गर्न कहिले पनि चाहँदैनौँ,' उनले लेखेका छन्, 'एक परिवारमा कहिलेकाँही समस्या आउनु स्वभाविक हो । सम्बन्धित निकायले यस्ता समस्या आन्तरिक रुपमा सुल्झाएको भए सायद आज यो दिन आउने थिएन होला ।'

अनिलले दुई पक्षिय कुरा नबुझी कसैलाई पनि गाली गलौज नगर्न समर्थकलाई आग्रह गरेका छन् ।



यसअघि प्रशिक्षक अलमुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० सियिनर खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

अलमुताइरीले १७ नयाँ खेलाडी थप्दै एएफसी एसियन कप छनोटको अन्तिम चरणका लागि टोलीको प्रशिक्षण भने जारी राखेका छन् ।



  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार ९:१८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया