ओलीले राजावादीसँग गठबन्धन गरे, हाम्रो परिवर्तनका पक्षधरसँग : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजावादीसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीसँग गठबन्धन गरिरहेको आरोप लगाएका हुन् । 

उनले विकासको नाममा नेकपा एमालेका कार्यकर्ताले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको आरोप लगाए । उनले नेकपा एमालेले विकासका योजना अलपत्र बनाएको पनि बताए । 

वरिष्ठ नेता पौडेलले नेकपा एमालेले बारम्बार संसदमाथि हमला गरेर जनताको अधिकारमाथि हमला गरेको बताए । उनले नेपाली कांग्रेसले ओली प्रवृतिसँग सामना गर्नका लागि परिवर्तनका पक्षधर, संविधानका पक्षधर र नेपालमा लोकतन्त्रका पक्षधरलाई एक ठाउँमा राखेर गठबन्धन गरेको बताए ।

'ओलीले पनि गठबन्धन गरेका छन् । ओलीको गठबन्धन कस्तो छ ? पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादीलाई लिएर आज ओली गठबन्धन गरिरहेका छन् । तर, हामीले परिवर्तनका पक्षधरहरू, संविधानका पक्षधरहरू र नेपालमा लोकतन्त्रका पक्षधरहरूलाई एक ठाउँमा राखेर गठबन्धन गरेका छौँ' उनले भने,
'हाम्रो गठबन्धन राजनीतिक रूपले, सैद्धान्तिक रूपले, वैचारिक रूपले र राष्ट्रिय रूपले राष्ट्रको आवश्यकताको गठबन्धन हो ।’

वरिष्ठ नेता पौडेलले गठबन्धनले गरेको अहिलेको राजनीति र विकास रणनीति सही ढंगमा अघि बढिरहेको पनि बताए





  • प्रकाशित मिति : वैशाख १७, २०७९ शनिबार १३:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया