तोलामा २ सय रुपैयाँले घट्यो सुनको मूल्य

सुनको भाउ आइतबार तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । 

शुक्रबार सुन तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।  





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १२:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया