वीरेन्द्रनगरका होटल-रेष्टुरेन्ट साँझ ८ बजेपछि बन्द गर्न सुर्खेत प्रशासनको आदेश

आसन्न स्थानीय निर्वाचनका समय लक्षित गर्दै वीरेन्द्रनगरमा साँझ ८ बजेपछि होटल तथा रेष्टुरेन्ट बन्द गरिने भएको छ ।

निर्वाचन अवधिभर साँझ ८ बजेदेखि होटल तथा रेष्टुरेन्टले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन गर्ने क्रियाकलाप नगराउन सुर्खेतको जिल्ला प्रशासन कार्यालयले आदेश दिएको छ । 

यसका साथै उक्त आदेशको अटेरी गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनको चेतावनी छ । स्थानीय तह निर्वाचनका सन्र्दभमा शुक्रबार सूचना जारी गर्दै प्रशासनले यस्तो जनाएको हो । 

यसका साथै सम्पुर्ण राजनीतिक दल, सार्वजनिक पदाधिकारी, सरकारी कर्मचारी तथा सर्वसाधारण लगायतलाई निर्वाचन आचारसंहिताको पालना गर्न प्रशासनले अनुरोधसमेत गरेको छ ।

यस समयमा कोही–कसैलाई लक्षित गर्दै गालीगलौज गर्ने, अफवाह फैलाउने, भ्रामक सूचना र निर्वाचन विरोधी सन्देश प्रवाह गर्नेलाई समेत कारबाहीको दायरामा ल्याउने प्रशासनले जनाएको छ । 

त्यस्ता अवाञ्छित गतिविधिहरु नगर्न–नगराउन र प्रचलित कानुन, निर्वाचन आचारसंहिता एवं निर्वाचन विरोधी कुनै पनि गतिविधि नगर्न प्रशासनको अनुरोध छ । यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २३, २०७९ शुक्रबार १७:५१:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया