कैलालीमा मदिरा बेचबिखन तथा सेवनमा प्रतिबन्ध

कैलालीमा २७ गते रातीदेखि जिल्लाभर मादक पदार्थको सेवन तथा विक्रि वितरणमा रोक लगाइएको छ ।

शनिबार एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले निर्वाचनको मौन अवधिदेखि मत परिणाम घोषणा नहुन्जेलसम्मका लागी जिल्लाभर मादक पदार्थको सेवन र विक्रि वितरणमा रोक लगाएको हो ।

आसन्न स्थानीय तह निर्वाचन २०७९ लाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि निर्वाचन आचारसंहितामा उल्लेख भए बमोजिम २७ गते राती १२ बजेदेखि मतगणनाको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्न रोक लगाएको छ ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ को दफा ६ (थ) र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) को खण्ड (क) बमोजिम पूर्ण रुपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिएका छन् ।

प्रशासनले जारी गरेको आदेशको उल्लंघन गरेको पाइएमा प्रचलित ऐन कानून बमोजिम कारबाही गरिने जनाएको छ ।
 





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १२:२९:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया