मतदाता शिक्षा नपाउँदा बाराका मतदाता अन्योलमा

बाराको दक्षिण पूर्वी र उतरी क्षेत्रका स्थानीय निर्वाचनमा मतपत्रमा कसरी मत हाल्ने भन्ने बारेमा अन्योलमा परेका छन् । स्थानीय तहको निर्वाचन हुन चार दिन मात्र बाँकी रहँदासम्म पनि बाराका अधिकांश मतदाताले मतदाता शिक्षाकाबारेमा ज्ञान नपाउँदा अन्योलमा परेका हुन् । 

लामो मतपत्र रहेकोले कसरी मतपत्रमा स्वस्तिक छाप लगाउने भन्ने बारेमा स्थानीय अन्योलमा परेका हुन् । विभिन्न राजनितिक दलका उम्मेदावारले निर्वाचन आफ्नो पक्षमा पार्न आ–आफ्नो तरिकाले मतदाताका बीच जाने गरेको भए पनि जिल्ला निर्वाचन कार्यालयले भने मतदाता शिक्षामा खासै ध्यान दिएको देखिएन । 

जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले मतदाता शिक्षासम्बन्धी सञ्चारमाध्याममा प्रसारण तथा प्रकाशन गर्नलगायत मतपत्रमा मत हाल्न मतदातालाई शिक्षा दिएको जानकारी दिए । 

तर, निर्वाचन आयोगले मतदाता शिक्षासम्बन्धी सञ्चारमाध्याममा प्रसारण र प्रकाशन गर्न सदरमुकाम मात्र केन्द्रित गरेकाले जिल्लाको ग्रामीण बस्तीमा मतदाता शिक्षा प्रायः शून्य देखिएको छ ।

मतदाता शिक्षाको अभावका कारण निर्बाचनमा अधिकाशं मत बदर हुने सम्भावना रहेको छ । जसको प्रत्यक्ष प्रभाव निर्वाचनको मतदान पर्ने निश्चित देखिएको छ ।
 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १७:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया