समाजवादी बैतडीका सचिव एमालेमै फर्किए

नेकपा एकीकृत समाजवादी बैतडीका सचिव हर्कबहादुर धानुक एमालेमै फर्किएका छन् । पार्टी फुटेको बेला एकीकृत समाजवादीमा लागेका धानुक सोमबार एमालेमै फर्किएका हुन् । 

धानुकलाई एमालेका प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी, बैतडी सह–इन्चार्ज लीलाधर भट्टलगायतले पार्टीमा प्रवेश गराएका हुन् । 

केही दिन अघिबाट एकीकृत समाजवादीसंग असन्तुष्ट रहेका धानुक एमालेमै फर्किएका हुन् । चुनावको मुखमै धानुक एमालेमा फर्किएपछि समाजवादीलाई भने घाटा लागेको छ । 

जिल्लाको पुर्चौंडी क्षेत्रका समाजवादीका नेता एमालेमा फर्किएपछि एकीकृत समाजवादीलाई घाटा लाग्ने देखिएको छ । धानुक ०४८ सालदेखि राजनीतिमा सक्रिय रहेका थिए । 





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार १८:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया