बैतडीमा शिक्षक कुटपिट गरेको आरोपमा गाउँपालिका अध्यक्ष उम्मेदवार प्रहरीको नियन्त्रणमा

बैतडीमा शिक्षकमाथि कुटपिट गरेको आरोपमा सत्ता गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष प्रत्यासी रहेका लोकेन्द्र राना (सितल) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिकामा अध्यक्षका उम्मेदवार रहेका रानालाई पुर्चौडी बहुमुखी क्याम्पसका प्राध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । 

प्रहरीका अनुसार राना  र उनका कार्यकर्ताले डिलासैनी–५ का प्राध्यापक रामदत्त जोशीमाथि कुटपिट गरेका थिए । जोशीलाई स्वतन्त्र उम्मेदवारको चुनाव प्रचार गरेको भन्दै कुटपिट गरिएको बताइएको छ । 

उनको खुट्टामा चोट लागेको छ । पालिका अध्यक्षका उम्मेदवार राना माओवादीका नेता हुन् । डिलाशैनीमा नेपाली कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन छ । 





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार ७:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया