नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि

साताको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबार आइतबारबाट वृद्धि हुन लागेको नेप्से मंगलबार पनि निरन्तरता पाएको छ । 

मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले वृद्धि भएर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ७.६७ अंक, फ्लोट इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ ।

मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता सेयर १अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार १ अर्ब ३९ करोड ६ लाख ७ हजार रुपैयाँबराबरको कारोबार भएको थियो । कारोबार रकममा भने सोमबारको तुलनामा मंगलबार सामान्य गिरावट आएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा सबैमा हरियाली छाएको छ । जलविद्युत् उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ । विकास बैंक, अन्य, जीवन बिमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ भने व्यापार र म्युचुअल फण्ड उपसमूहको सूचक ० प्रतिशतभन्दा बढीले बढेको छ ।

मंगलबार तीनवटा कम्पनीको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रो पावर र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, युनिभरसल पावर कम्पनी, दिव्यश्वरी हाइड्रो पावर र नेसनल हाइड्रो पावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतले बढेको छ । यता, उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै २.५२ प्रतिशतले घटेको छ भने गुँरास लघुवित्तको १.६१ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको १.५४ प्रतिशतले घटेको छ ।

मंगलबार ङादी ग्रुप पावरको सबैभन्दा धेरै ९ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको ४ करोड २५ लाख र नेपाल दूरसञ्चार कम्पनीको ३ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार १८:८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया